×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्चुगल पठाईदिने भन्दै १८ लाख ठग्ने एक महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोर्चुगल पठाईदिने भन्दै १८ लाख ठग्ने एक महिला पक्राउ

Artha Sarokar

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भन्दै १८ लाख ठग्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने ३० वर्षीय मञ्जु रावत घर्ती रहेकी छिन् ।

उनले तीन जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर १८ लाख रुपैयाँ ठगी गरेकी थिइन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी