Skip to content
LAXMI SUNRISE BANK

पोर्चुगल पठाईदिने भन्दै १८ लाख ठग्ने एक महिला पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भन्दै १८ लाख ठग्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने ३० वर्षीय मञ्जु रावत घर्ती रहेकी छिन् ।

उनले तीन जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर १८ लाख रुपैयाँ ठगी गरेकी थिइन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK