काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सलाई कार्वाही गरेको औपचारिक घोषणा गरेको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियम मिचेर ऋण प्रवाह गरेको प्रोग्रेसिभ फाइनान्सलाई कार्वाही गरेको औपचारिक घोषणा गरेको हो ।
यसो त राष्ट्र बैंकले महर्जन विजनेश एसोसिएट्सलाई ऋण दिँदा जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएपछि २०८० पुष १३ गते कार्वाहीको पत्र पठाएको थियो । तर, त्यसबेला राष्ट्र बैंकले फाइनान्सलाई पठाएको कार्वाहीको पत्र ‘गुपचुप’मा राखेको थियो । पछि अर्थ सरोकारले ‘प्रोग्रेसिभ फाइनान्सले मालपोतमा धितो बन्धक नै नगरी ऋण दिने गरेको खुलासा, राष्ट्र बैंकले कार्वाही गर्यो, तर सूचना लुकायो’ शीर्षकमा समाचार सम्प्रेषण गरेपछि राष्ट्र बैंकले कार्वाहीको औपचारिक घोषणा गरेको छ ।
राष्ट्र बैंकले गरेको कार्वाहीमा फाइनान्सले मालपोतमा धितो दृष्टिबन्धक नै नगरी कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) अनुसार कार्वाही गरेको उल्लेख छ ।
‘फाइनान्सले महर्जन विजनेश एसोसिएट्स प्रालिलाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैंकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रक्रिया (कम्पेरेबल मार्केट/सेल्स कम्पेरिजन मेथड- इनकम क्यापिटलाइजेसन मेथड) अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ ।’, राष्ट्र बैंकको कार्वाहीमा उल्लेख छ ।
त्यस्तै, राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट, नारायणी डेभलपमेन्टसहित आधा दर्जन बैंक तथा वित्तीय संस्थाका सीईओ र सञ्चालकलाई पनि कार्वाही गरेको जनाएको छ ।
(प्रोग्रेसिभ फाइनान्सलाई गरिएको कार्वाहीको सूचना राष्ट्र बैंकले लुकाएकोबारे अर्थ सरोकारले तयार गरेको भिडियो सामाग्री)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्