काठमाडौँ । प्रोग्रेसिभ फाइनान्सलाई राष्ट्र बैंकले कार्वाही गरेको छ । केन्द्रीय बैंकले महर्जन बिजनेश एसोसिएटसलाई ऋण दिँदा जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको भन्दै कार्वाही गरेको हो । फाइनान्सले मालपोतमा धितो दृष्टिबन्धक नै नगरी कर्जा प्रवाह गरेको पाइएपछि राष्ट्र बैंकले कार्वाही गरेको हो ।
फाइनान्सलाई केन्द्रीय बैंकले २०८०-०९-१३ गते पठाएको पत्रमा २०८०-०८-१९ को निर्णय अनुसार सो कार्वाही गरिएको बताइएको छ । नेपालमा प्रचलनमै नरहेको प्रक्रिया अपनाएर धितो मूल्यांकन गरिएको भन्दै फाइनान्सलाई कार्वाही गरिएको हो ।
फाइनान्सका सूचना अधिकारी प्रमोद भट्टराईले आफुहरुले ‘कम्पेरेबल सेल्स कम्पेरिजन मेथड- इन्कम क्यापिटलाइजेसन मेथड’ प्रयोग गरी पारिपासु सम्झौतासमेत गरी ऋण दिएको, तर, राष्ट्र बैंकले सो प्रक्रिया प्रचलन मै नभएको भनी कार्वाही गरेको स्वीकारेका छन् ।

राष्ट्र बैंकले किन लुकायो कार्वाहीको सूचना ?
तर, अन्य बैंकलाई कार्वाही गर्दा सार्वजनिक रुपमा नै कार्वाहीको सूचना निकाल्ने राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सलाई भने ‘सुटुक्क कार्वाही गरिएको र यसको जानकारी सार्वजनिक रुपमा नदिईएको’ पाइएको छ ।
यसअघि ९ वटा बाणिज्य बैंक, विभिन्न बिकास बैंक र फैनान्सहरुलाईसमेत विभिन्न अभियोगमा राष्ट्र बैंकले कार्वाही गरेको थियो ।
नेपाल राष्ट्र बैंकका सह सूचना अधिकारी डा. भगवात आचार्य भने कुन कार्वाहीको सूचना बाहिर दिने, कुन नदिने भन्ने विषय बोर्डको अधिकार भएको दाबी गर्छन् । ‘कुन बैंकलाई कार्वाही गरेको सूचना सार्वजनिक गर्ने, कुन नगर्ने भन्न विषय बोर्डको हो ।’ डा. आचार्यले अर्थ सरोकारसँग भने- ‘यहि अनुसार गरिएको हुनुपर्छ । केहि सुधारात्मक कार्वाही आन्तरिक रुपमा गरिएको हुनसक्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्