×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकका कर्मचारीको बदमासी, ग्राहकको नक्कली कनेक्ट आईपीएस बनाएर १ करोड बढी झिके !

PRIME CA

वाणिज्य बैंकका कर्मचारीको बदमासी, ग्राहकको नक्कली कनेक्ट आईपीएस बनाएर १ करोड बढी झिके !

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ग्राहकको नक्कली कनेक्ट आईपीएस बनाएर रकम चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकको वीरगञ्ज शाखामा कार्यरत सहायक प्रबन्धक रोहित कुमार ओझालाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ओझालाई सीआईबीले मंगलबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ ।

पक्राउ परेका ओझाले विदेशमा रहेका बैंकका ग्राहकको खाताबाट नक्कली कनेक्ट आईपीएस बनाएर १ करोड ३७ लाख ८७ हजार रुपैयाँ झिेकर अपलचन गरेको भेटिएको सीआईबीले जनाएको छ ।

पछिल्लो समय वाणिज्य बैंकमा ग्राहकको खाताबाट कर्मचारीले रकम चोर्ने गरेका घटना ह्वात्तै बढेको छ । केहिदिनअघि मात्रै मृत्यु भइसकेको व्यक्तिको पेन्सन झिकेको अरोपमा राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारी पक्राउ परेका थिए ।

अधिकारीले मृत्यु भइसकेका व्यक्तिको नागरिकतामा पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाई आफैँले रकम झिक्ने गरेको पाइएको थियो । उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैँ पेन्सन बुझेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: