काठमाडौँ । थ्री स्टार हाइड्रोपावरले हदैसम्मको बदमासी गरेको, वेव साइटमा सिए सागर भण्डारीको नामको चरम दुरुपयोग गरेको, गलत विवरण छापेर जनतालाई झुक्याएको लगायतका तथ्यसहितको समाचार अर्थ सरोकारले सार्वजनिक गरेपछि थ्री स्टार हाइड्रोपावर लिमिटेडले आफुले जनता झुक्याउनेगरी वेवसाइटमा राखेको फेक सूचना सच्याएको छ । समाचार प्रकाशन भएलगत्तै कम्पनीले कम्पनीको वेवसाइटमा रहेका मनपरी सूचना हटाएको हो ।
यता कम्पनीले टेलिफोनको बक्यौता रकम पनि तिरेको छ । नेपाल टेलिकमलाई केहि हजार रुपैयाँ तिर्न लामो समयदेखि बाँकी रहेपछि टेलिकमको कम्पनीको टेलिफोन सेवा नै बन्द गरिदिएको थियो । अर्थ सरोकारले सो तथ्यकोसमेत उजागर गरिदिएपछि कम्पनीले टेलिफोनको बक्यौतासमेत तिरेको हो ।
कम्पनीका हर्ताकर्ता मानिएका कर्मचारी कर्मराज तामाङको डिजाइनमा झुटो विवरण छाप्ने काम भएको तथ्य बाहिरिएको थियो । यद्यपी तामाङले यो आरोपको खण्डन गरिसकेका छन् ।
थ्री स्टारको मनपरीबारे समाचार सार्वजनिक भएपछि सो हाइड्रोपावरबारे थप तथ्य पनि अर्थ सरोकारलाई प्राप्त भएको छ । तामाङ एकजनाकै भरमा कम्पनी भएको अवस्थामा तामाङ अर्को हाइड्रोपावरको काममा लागेको, कम्पनी बैंकलाई ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको लगायतका तथ्य पनि सम्बद्ध संस्थाका अधिकारीहरुले अर्थ सरोकारलाई जानकारी गराएका छन् ।
झुटो विवरण कसरी सच्याउला ?
भर्खर आईपीओ जारी गरेको कम्पनी भएकोले जनमानसमा आफ्नो स्थितिको सत्य सन्देश नजाओस् भनेर कम्पनीले तिर्नुपर्ने ब्याजको दायित्व नै नदेखाई कम्पनीको अपरिस्कृत विवरण सार्वजनिक गरेको थियो । जसमा न ब्याज तिरिएको देखाइएको थियो, न तिर्नुपर्ने दायित्व रकमबारे बोलिएको थियो । बरु, एक त्रैमासमा तिर्नुपर्ने साँढे २ करोड हाराहारी रकममध्ये ५ लाख तिरेको देखाई, अरु लुकाई, बढी इपीएस देखाएर सेयर बजारमा चलखेल हुनेगरी बदमासी भएको थियो । अव कम्पनीको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने बेला भएको छ । अघिल्लो पटकको बदमासीलाई कसरी छोप्ने भन्ने विषय अहिले कम्पनीभित्र चर्चाको विषय बनेको छ । यसलाई कम्पनीले कसरी सच्याउला ? वा एउटा झुट लुकाउन अर्को झुट प्रकाशन गर्ला, भन्ने हेर्न बाँकी नै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्