काठमाडौँ । थ्री स्टार हाइड्रोपावर लिमिटेडले ‘फेक इपीएस’ देखाएर लगानीकर्ता झुक्याएको खुलासा भएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा तिर्नुपर्ने ब्याज रकम लुकाइएको र सोहि कारण बढी इपीएस देखाएर दोश्रो बजारमा चलखेल गरेको पाइएको हो । कम्पनीका उच्च अधिकारीहरुको सेटिङमा कम्पनीको वित्तीय विवरणसमेतमा चलखेल गरी सेयर लगानीकर्तालाई फसाउने काम भएको पाइएको हो ।
पहिलो त्रैमासबाटै लगानीकर्ता फसाउने खेल
कम्पनीले पहिलो त्रैमासमा सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा कुल ऋण ९२ करोड ४७ लाख रुपैयाँ रहेको उल्लेख छ । यहि ऋणको ब्याज अघिल्लो त्रैमाससम्ममा कम्पनीले कुल १० करोड ९५ लाख १५ हजार ८ सय ७५ रुपैयाँ तिरेको उल्लेख छ । यसरी हेर्दा पनि एक त्रैमासमा कम्पनीले झण्डै साँढे २ करोड हाराहारी बैंकको ब्याज तिर्नुपर्छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासमा बैंकले १५ लाख रुपैयाँमात्र बैंकको ब्याज तिरेको उल्लेख छ । यसरी हेर्दा बाँकी ब्याज दायित्वका रुपमा वित्तीय विवरणमा देखिनुपर्ने हो । तर सो विवरण नै नदेखाई विवरण लुकाएर बढी इपीयस देखाई लगानीकर्ता झुक्याउने काम भएको पाइएको हो । तिर्नुपर्ने ब्याजको रकम लुकाएर बढी इपीएस देखाएपछि कम्पनीको भाउ आकासिएको थियो । त्यसपछि सोझा लगानीकर्ताहरुलाई ‘टोपी’ लगाएर सिमित खेलाडीले पैसा कमाएको देखिएको छ ।
आइपीओमा गईसकेपछि झन् झन् कमजोर बन्दैछ कम्पनी, फोनको केहि हजार बिल तिर्नसमेत सकेन
यो कम्पनी आइपीओमार्फत जनताबाट पैसा उठाईसकेपछि झन् झन् कमजोर भएको देखिएको छ । कम्पनीको यतिसम्म ‘हालत खराब’ छ कि कम्पनीले कार्यालयको फोनको केहि हजार रुपैयाँको बिलसमेत तिर्न सकेको छैन । बैंकको ब्याज पनि पैसा नभएर १५ लाख रुपैयाँमात्र बैंकमा हालेको कम्पनीको वित्तीय अवस्था भित्रभित्र खोक्रो भईसकेको देखिन्छ । कम्पनीका कम्पनी सचिवसमेत रहेका कर्म तामाङ पनि फोनको बिल कम्पनीले तिर्न नसकेर नतिरेको स्वीकार्छन् । ‘फोनको बिल नतिरेर इन्कमिङ कल बन्द भएको सत्य हो । अव तिर्छौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै तामाङले भने, ‘बैंकलाई १५ लाख रुपैयाँमात्र तिर्न सकेको पनि सत्य हो, २ करोड बढी तिर्नुपर्ने पनि सत्य हो ।’
‘अनि तिर्नुपर्ने रकम किन तिर्न बाँकी छ भनेर नदेखाएको त ? यसरी त सिधै लगानीकर्ता झुक्याउने काम भएन र ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै तामाङले भने, ‘यो देखाउनुपर्छ कि पर्दैन भन्ने विषयमा सिएहरुकै मत फरक रहेछ । ह्राम्रो सिएले पर्दैन भनेपछि नदेखाएको हो ।’ सिए एकराज सिगदेलको नाम लिँदै उनले भने ।
यद्यपी उनले नाम लिएका सिग्देल कम्पनीका बाह्य लेखापरीक्षक मात्र हुन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सिए सिग्देलले आफु कम्पनीको बाह्य लेखापरीक्षक मात्र भएको दाबी गरेका छन् । ‘म एक्स्टरनल अडिटर मात्र हो । तामाङजी मेरो नाम किन लिनुभयो थाहा छैन । म बाह्य लेखापरीक्षकको भूमिकामा मात्र सिमित भएकोले मलाई त्रैमासिक वा अन्य कुनै आवधिक रिपोर्टमा मेरो कुनै संलग्नता वा धारणा हुने कुरै भएन ।’
अर्थ सरोकारसँग कुराकानी गर्दै उनले बाह्य लेखापरीक्षणका विषयमा आफुले धारणा दिन सक्ने तर त्रैमासिक वा कुनै आवधिक रिपोर्टमा आफ्नो धारणा नहुने स्पष्ट परेका छन् ।
वेवसाइटभरी फेक विवरण
यसो त कम्पनीले आफ्नो वेव साइटभरी फेक विवरण राखेको छ । कम्पनीले वेव साइटमा राखेको फोन नम्बरमा इन्कमिङ कल टेलिकमले नै बन्द गरिदिएको छ भने कम्पनीमा सिए विशाल भण्डारी लगायतकाको नाम दुरुपयोग गरिएको छ । कुनै समय कम्पनीको लेखापरीक्षक रहेका सागर भण्डारीलाई वित्तीय कन्सलटेन्ट भनेर राखिएको छ । जवकि अर्थ सरोकारसँग कुराकानी गर्दै सिए भण्डारीले आफुले सो कम्पनीमा केहि बर्ष अघि लेखापरिक्षकको भूमिकामा काम गरेको, तर त्यसपछि कम्पनीसँग कुनै पनि साइनो नरहेको दाबी गरेका छन् । उनले आफु कम्पनीको वित्तीय कन्सलटेन्टसमेत नरहेको बताएका छन् । ‘मेरो फोटो हटाउनु भनेको थिएँ, अझै राख्नु भएको रहेछ । म सो कम्पनीमा छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने । कम्पनीमा राखिएको कम्पनीका अन्य प्रतिनिधिको विवरण पनि पुरानो छ । यतिसम्मकि सेयरधनीले सामान्य सम्पर्क गर्ने व्यक्तिसमेत कम्पनीमा छैनन् ।
‘कर्म तामाङले मिलाउँछन् सबै सेटिङ’
कम्पनीका एक अधिकारीका अनुसार सो कम्पनीमा कर्म तामाङ गरेका व्यक्ति छन्, र सबै सेटिङ उनैले गर्ने गरेका छन् । कम्पनीको वित्तीय विवरणमा छेडखानी गर्ने आइडिया पनि उनैको भएको ती अधिकारीको दाबी छ । तर तामाङ भने आफु कर्मचारी भएकोले वित्तीय विवरणबारे आफुलाई धेरै आइडिया नभएको र सबै काम सिएले गर्ने दाबी गर्छन् । देखाउनुपर्ने ब्याजको दायित्व भने नदेखाईएको उनी स्वीकार्छन् ।
गलत विवरण देखाएर कम्पनीको सेयर कारोबारमा तिब्र चलखेल गरिएको छ । यो काममा तामाङको मिलेमतो रहेको दाबी कम्पनीकै पूर्वअधिकारीहरु गर्छन् । यद्यपी तामाङ भने त्यसरी चलखेल गर्दा आफुलाई कुनै फाइदा नहुने हुनाले त्यसो नगरिएको दाबी गर्छन् । ‘हाम्रो पब्लिकको सेयर थोरै छ । हाम्रो सेयरको त लककिन नै खुलेको छैन । त्यसैले हामीलाई चलखेल गरेर फाइदा पनि छैन, चलखेल गरेको पनि छैन ।’ उनले भने ।
कम्पनीमा राष्ट्रिय बाणिज्य बैंक र हिमालयन बैंकको मुख्य लगानी रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्