×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० रुपैयाँले बढ्यो भेडे खुर्सानीको मूल्य, मंगलबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३० रुपैयाँले बढ्यो भेडे खुर्सानीको मूल्य, मंगलबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

Artha Sarokar

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भेडे खुर्सानीको मूल्य बढेको छ । भेडे खुर्सानी ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, भारतीय सानो गोलभेडा ३० रुपैयाँ, तराईको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु २८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, तराईको गाजर ३० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) ३०, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७० रुपैयाँ, घिउ सिमी (राजमा) ९०, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ४०, घिरौला ९० रुपैयाँ, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ७०, हरियो फर्सी (डल्लो) ७०, सलगम ६०, भिण्डी १००, सखरखण्ड ७०, बरेला ५०, पिडालु ७०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, बकुला ८०, तरुल ६०, कन्य च्याउ १४०, डल्ले च्याउ २८०, ब्रोकाउली ४०, चुकन्दर ७०, सजीवन २००, रातो बन्दा ३०, जिरीको साग ७०, ग्याठ कोबी ४०, सेलेरी १००, पार्सले २००, सौफको साग ७०, पुदिना ४५०, गान्टे मुला ६०, इमली १४०, तामा ९०, तोफु १४०, गुन्दुक २५०, अदुवा २२०, हरियो खुर्सानी ७०, सुकेको खुर्सानी ४५०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (माछे) ८०, अकबरे खुर्सानी २००, भेडे खुर्सानी १००, हरियो लसुन १२०, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन ३५०, छ्यापी हरियो ९०, छ्यापि सुकेको २००, रुख टमाटर १३० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २३०, हरियो अंगुर १००, कालो अंगुर २००, नेपाली सुन्तला १५०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १८०, हाइब्रिड काक्रो ६०, रुख कटहर ९०, निबुवा ६०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ९०, किनु ७०, किवी ३००, अभोकाडो ३००, अमला ९० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी