Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबारको तुलनामा सुनको मूल्य एक सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले बढेर एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १६८५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १६ हजार ८ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १६ हजार दुई सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४४४.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK