काठमाडौँ । सरकारले निजी विद्यालय सञ्चालकहरुको संस्था राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ । दिइएको निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि एन-प्याब्सनलाई निलम्बन गरेको हो ।
गृह मन्त्रालयले ‘संगठन निलम्बनसम्बन्धी सार्वजनिक सूचना’ जारी गर्दै ‘राष्ट्रिय निर्देशन ऐन, २०१८’ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सन निलम्बन गरेको जनाएको छ ।
गृह मन्त्रालयले सरकारको स्वीकृति लिएर सञ्चालन भए पनि दिइएका निर्देशन नमानेको तथा संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान तथा संस्थाका मूल्य उद्देश्यविपरीत कार्य गरेको ठहर गरेको छ ।
त्यस्तै, गृह मन्त्रालयले निलम्बनपछि कुनै पनि समूह वा गुटलाई कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्