काठमाडौं। ‘खल्ती’ले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर ल्याएको छ । यूनियनपेसँग सहकार्य गर्दै ल्याईएको अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूको १००+ आउटलेटहरूमा युनिअनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
चैत्र १४ देखि बैशाख ३० सम्म लागु हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले युनिअनपेको क्यूआर खल्ती मार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन् ।
विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिनेछ । आइएनआइ सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई-फार्मेसी, मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यो अफर उपलब्ध छ । साथै, अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी नै छ ।
अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,’ युनिअनपे सँगको सहकार्यमा खल्तीले नयाँ वर्षको अवसर पारी ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ । खल्तीमा उपलब्ध हुने क्यासब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएको कुरालाई मध्यनजर गर्दै हामीले ‘क्यासब्याक मेला’ उपलब्ध गराएका छौँ । स्क्यान एण्ड पे मा उपलब्ध भएको यस अफरले धेरै प्रयोगकर्ताहरू सहज, सरल र छिटो तरिकाले भुक्तानी गर्न मिल्ने डिजिटल प्रक्रियासँग परिचित हुनुका साथै टन्नै क्यासब्याकको मज्जा लिन सक्नेछन् । साथै ‘क्यासब्याक मेला’ अन्तर्गत नयाँ प्रयोगकर्ताहरू पनि डिजिटल भुक्तानी प्रति आकर्षित हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्