काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन भएका छन् ।
त्यस्तै, कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ । यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागी र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहेको बैंकले जनाएको छ।
कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुगेको दावी गरेको छ ।
२०८१ वैशाख महिनाको लागि मुद्धती खाता प्रदान गरिएको ब्याजदर

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्