×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीले ऋण तिर्नै छोडेपछि लघुवित्तहरुको खराब कर्जा ७८ प्रतिशतले बढ्यो, कर्मचारीलाई ऋण उठाउन हम्मेहम्मे !

PRIME CA

ऋणीले ऋण तिर्नै छोडेपछि लघुवित्तहरुको खराब कर्जा ७८ प्रतिशतले बढ्यो, कर्मचारीलाई ऋण उठाउन हम्मेहम्मे !

अर्थ सरोकार

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ऋणीहरुले ऋण तिर्नै छोडेपछि लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षण प्रतिवेदनले लघुवित्तहरुको खराब कर्जा ७८ प्रतिशतले वृद्धि भएको देखाएको हो ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा लघुवित्तहरुको खराब कर्जा ७८.०९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म लघुवित्तहरुको खराब कर्जा १३ अर्ब ६० करोड रुपैयाँ थियो । तर, पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्या, लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलन लगायतका कारण ऋणीले ऋण तिर्नै छोडेपछि लघुवित्तहरुको खराब कर्जा २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तहरुको कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपात ५.६० प्रतिशत रहेको छ । निष्क्रिय कर्जाको अनुपात २०७९ असार मसान्तमा ३.०२ प्रतिशत रहेको थियो ।

यसो त अहिले लघुवित्तका कर्मचारीहरुलाई पनि ऋण उठाउन गाह्रो छ । झन् पछिल्लो समय विभिन्न समूहले चलाएको लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलनका कारण कर्मचारीहरुलाई ऋण असुलीमा झनै कठिनाई सृजना गरेको छ । यसरी नियमानुसार कर्जा असुलीको प्रक्रियासमेत अघि बढाउने नपाएपछि लघुवित्तमा खराब कर्जा बढ्दै गएको स्वयम् लघुवित्तकर्मीहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: