काठमाडौँ । सुनसरीमा ५ लाख बढी लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । सुनसरीको इनरुवा-९ बवियामा गोली प्रहार गरी ५ लाख ३५ हजार लुटपाट गर्ने दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी-३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह गाउँपालिका-४ का ३६ वर्षीय उमेश मुखिया रहेका छन् । उनीहरुलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले गत बुधबार (२१ गते) जग्गा बिक्री गरेको पैसा लिएर फर्किंदै गर्दा ६१ वर्षीय सहिरा मिया र उनका ३० वर्षीय नाति आशिफ अन्सारीको साथबाट रकम लुटपाट गरेका थिए ।
रकम लिएर फर्किंदै गर्दा उनीहरुमाथि लुटेवा समूहले इनरुवा-९ चाइनिज स्कुल नजिक एकान्त बाटोमा पछाडीबाट गोली प्रहार गरेका थिए । बन्दुक पड्किएको आवाज सुनेर मोटरसाइकलमा सवार दुवैजना लडेपछि पछाडीबाट को.प्र.१-०२-०४५ प १६६८ नम्बरको मोटरसाइकलमा आएका लुटेरा समूहले पैसाको झोला लिएर फरार भएका थिए ।
पक्राउ परेका दुईजनाको साथबाट लुटिएको मध्ये एक लाख दुई हजार रुपैयाँ बजामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्