Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाइफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जना भन्दा बढि अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरू अवलोकन गराउने र तहाँ अवस्थित नेपालको मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवर्द्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताबीच एक आपसमा अन्तरक्रिया भई अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्न जाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको हो।

अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको उनले बताएका छन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK