काठमाडौँ । बालाजु अटो वर्कसले ‘म्यानेजर्स मीट २०२४’ सम्पन्न गरेको छ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप-बालाजु अटो वर्कसले २९ मार्च, २०२४ मा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप, नेटवर्क्सका सम्मानित अतिथिहरूको उपस्थितिमा स्काई गार्डेन रिसोर्ट धुलिखेलमा उक्त मीट सम्पन्न गरेको हो ।
कार्यक्रममा विजेताहरुलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका विभाग प्रमुखहरुले महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई विभिन्न उपाधिले सम्मानित गरिएको थियो । जसमा बेस्ट फोटो अफ द केयर फेस्ट -अग्नि आस्था, इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट-ओम बाराही अटो वर्कस, हाइएस्त एम ट्राक इनरोलमेन्ट-अग्नि आस्था, इटहरी, हाई पफर्मर-अग्नि आस्था, भैरहवा, हाई याचिबर-ठाकुर अटो केयर सेन्टर प्रालिले जित्न सफल भएका थिए ।
त्यसैगरी म्यानेजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ -बिनिता केसी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४-सशी पजियर साथै एमके इंकॉर्पोरेटेड प्रालिबाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४-राजेश लाघेलाई उनीहरूको मूल्यवान योगदानका लागि सम्मानित गरिएको थियो । समारोहले उत्कृष्टताप्रति सहभागीको समर्पणलाई प्रदर्शन गर्दै सदस्यहरूको उल्लेखनीय क्षमतालाई हाइलाइटसमेत गरेको हो ।
सो कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरेका थिए । उनले सर्भिस एण्ड पार्ट्स म्यानेजर्स मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले सँगै काम गरेर दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्ने कुरामा जोड दिएका थिए । प्रेरणा र सफलताले भरिएको दिनको अन्त्यमा, सहभागीहरूले उत्साहजनक महसुस गर्दै कार्यक्रमको अन्त्य गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्