×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय एयरपोर्टमै छैन एक्सरे मेसिन, कार्गो व्यवसायीद्वारा सामान निकासी बन्द !

PRIME CA

अन्तराष्ट्रिय एयरपोर्टमै छैन एक्सरे मेसिन, कार्गो व्यवसायीद्वारा सामान निकासी बन्द !

३ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नहुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सामान निकासी बन्द भएको छ । सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे मेसिन नहुँदा व्यवसायीहरुले सामान निकासी बन्द गरेका हुन् ।

विमानस्थलमा भएको एक्सरे मेसिन बिग्रिएर थन्किएको छ । तर, मेसिन बिग्रिएको डेढ महिना बित्दा पनि मर्मत नभएपछि व्यवसायीहरुले सामान निकासी ठप्प बन्द गरेका हुन् ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भेला भएका व्यवसायीहरुले नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन नबनाएको भन्दै सामान निकासी बन्द गरेको बताएका छन् । नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको कार्गो व्यवसायी खेमराज सुवेदीले बताए । उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताएका छन् ।

‘अन्तराष्ट्रिय एयरपोर्ट भएकाले यहाँ सबैको आँखा जान्छ । बिग्रिएको मेसिन बनाउनुस्, सुरक्षा थ्रेटमा ठूलो चुनौती भयो भनेर पटकपटक आग्रह गर्दा पनि कुरै सुनिएन ।’, सुवेदीले भने, ‘मेसिन बनाउन ३० लाख पर्छ, बजेट छैन भन्दै तर्किने काम भएको छ । पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन तीन वटा निकाय तीन तिर भएका छन् । हदै भएपछि सामान निकासी बन्द गरेका छौँ ।’

त्यस्तै, व्यवसायीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रहसमेत गरेका छन् । अन्यथा, तालाचाबी बुझाएर विदेशिने भन्दै व्यवसायीहरुले चेतावनी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: