Skip to content
LAXMI SUNRISE BANK

शिवम् बन्यो सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट, १३ करोड ३१ लाख बोरा बिक्री

अर्थ सरोकार

काठमाडौं। शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । १३ करोड ३१ लाख बोरा बिक्री गर्दै शिवम् सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको हो ।

अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले आफ्ना उपभोक्ता, विक्रेतावर्ग, सेयरधनी महानुभावहरु, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ । साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK