Skip to content
LAXMI SUNRISE BANK

नीति तथा कार्यक्रम: सूचनाप्रविधि दशक मनाइने

अर्थ सरोकार

काठमाडौं । सरकारले सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्न अगामी दशकलाई ‘सूचना प्रविधि दशक’ का रुपमा मनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै संसद्को संयुक्त सदनमा मंगलबार यस्तो घोषणा गरेका हुन् ।

सूचना प्रविधिको उद्योगलाई रोजगारी सिर्जनाको क्षेत्रका रुपमा अगाडि बढाइ नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा स्थापना गरिने पौडेलले उल्लेख गरे ।

काठमाडौंसहित सातै प्रदेश राजधानीमा सूचना प्रविधि वर्क स्टेसन स्थापना गरिने सरकारको नीति रहेको पौडेलले उल्लेख गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK