Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खा घर भएका ३८ वर्षीय विकल बहादुर आले र तनहुँ घर भएका ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर क्यानाडा, युकेलगायतका देश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रुपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK