काठमाडौँ । क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपूर्ण सडक प्रदर्शन गरेका छन् ।
क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने, २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगा गिटीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।
व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्