×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यान भक्तपुरको ‘नो योर क्यान्डीडेट’ कार्यक्रम, उम्मेदवारले एजेण्डा प्रस्तुत गरे, मतदाताले सुझाव दिए… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

एक्यान भक्तपुरको ‘नो योर क्यान्डीडेट’ कार्यक्रम, उम्मेदवारले एजेण्डा प्रस्तुत गरे, मतदाताले सुझाव दिए… (फोटो-कथा)

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनाव नजिकिँदै गर्दा चुनावका उम्मेदवार र मतदाताबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना भएको छ । शुक्रबार भक्तपुरस्थित जर्मन होम्समा दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म सो कार्यक्रम आयोजना भएको हो । सो कार्यक्रममा सबै उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
एक्यान भक्तपुरका अध्यक्ष सिए थानेश्वर बस्यालले अध्यक्षता गरेको सो कार्यक्रममा उपस्थित सबै उम्मेदवारहरुले आ-आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए । सिए एकराज सिग्देलले संचालन गरेको सो कार्यक्रममा सिए भुपराज न्यौपानेलेसमेत उम्मेदवारहरुलाई आइक्यानले गर्नुपर्ने विभिन्न कामका बारेमा सुझाव दिएका थिए ।
एक्यान भक्तपुर र सिए सरोकारमा प्रत्यक्ष प्रशारण गरिएको सो कार्यक्रममा उम्मेदवारहरुले सार्वजनिक रुपमा मतसमेत मागेका थिए । पछिल्लो समय एक्यानका विभिन्न जिल्ला समितिमध्ये एक्यान भक्तपुर सबैभन्दा बढी क्रियाशील देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी