काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरुको भत्ता बढ्ने भएको छ । आन्दोलनरत संसद् कर्मचारीहरुसँग ७ बुँदे सहमति गर्दै सरकारले संसद् कर्मचारीको भत्ता बढाउने भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्तामार्फत उक्त सहमति भएको हो ।
यसो त यसअघि ११ बुँदे मागसहित आन्दोलनरत संसद् कर्मचारीले पठाएको पत्रको जवाफ दिँदै अर्थ मन्त्रालयले तत्कालका लागि संसद् कर्मचारीको मात्रै तलबभत्ता वृद्धि गर्न नसकिने जवाफ दिएको थियो । पछि संसद् कर्मचारीको माग सम्बोधनका लागि सरकारले संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
उक्त समितिको सुझावपछि अन्ततः सरकारले संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढाउने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्