×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्लुबुक किर्ते गरेर एभरेष्ट बैंकको गाडी बेच्ने ४ जना पक्राउ, ५० हजारको लोभले ब्लुबुकमा फोटो टाँसेको खुलासा ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्लुबुक किर्ते गरेर एभरेष्ट बैंकको गाडी बेच्ने ४ जना पक्राउ, ५० हजारको लोभले ब्लुबुकमा फोटो टाँसेको खुलासा ! 

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौँको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ-७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली, कोटेश्वर बस्ने रामेशछापको खिु तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर र बुढानीलकण्ठ बस्ने डोटीका ३२ वर्षीय पवन सिंह छन् ।

एभरेष्ट बैंक धनी र गजेन्द्र लोहनी विश्वकर्मा ऋणी रहेको बा२०च ६४६७ नम्बरको मारुती ब्रेज्जा गाडी ब्लुबुक किर्ते गरेर खरिदबिक्री गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट किर्ते गरेर तयार पारिएका दुइटा ब्लुबुक बरामद भएको छ । 

पक्राउ परेकामध्ये मनोजकुमार सुनार विगतमा गाडी किर्ते गरेर नम्बर परिवर्तन गरि चलाउँदा पक्राउ परेको खुलेको छ ।

उनी जिल्ला अदालत ललितपुरको आदेशले ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यस्तै, वीरेन्द्रसिंह साउँदले ५० हजार रुपैयाँको प्रलोभनमा परेर किर्ते ब्लुबुकमा फोटो टाँस्ने काम गरेको खुलेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी