Skip to content
LAXMI SUNRISE BANK

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । ठगी मुद्दाको अनुसन्धानका लागि उनीहरूलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन्।

गत फागुन १५ गते कमसल धितोमा कर्जा प्रवाह गरेको आरोपमा सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित अन्य कर्मचारी पक्राउ परेका थिए। उनीहरूले सेन्चुरी बैंकमा रहँदा धितो भन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँ बढी कर्जा प्रवाह गरेको सीआईबीले जनाएको थियो।

उनीहरु चैत १ गते हाजिर जमानीमा छुटेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK