Skip to content
LAXMI SUNRISE BANK

स्लोभाकिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालाजु बस्ने ३३ वर्षीय बन्दुराज पराजुली रहेका छन्। 

उनले आकर्षक तलबको प्रलोभनमा पारेर ६ लाख ६८ हजार रुपैयाँ ठगी गरेका थिए। पराजुलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असार ७ गते बालुवाटारबाट पक्राउ गरेको हो। 

पक्राउ परेका पराजुलीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK