×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

१२ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धी बस्ने ४७ वर्षीया लैला कुमारी गहतराज रहेकी छिन्।

पुष्प बहादुर कुँवर क्षेत्रीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौँले मिति २०८१-२-१४ गते उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई असार १० गते त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

हाल गहतराजलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त मालीगाउँ पठाइएको प्रहरीले जनाएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी