Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धी बस्ने ४७ वर्षीया लैला कुमारी गहतराज रहेकी छिन्।

पुष्प बहादुर कुँवर क्षेत्रीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौँले मिति २०८१-२-१४ गते उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई असार १० गते त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

हाल गहतराजलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त मालीगाउँ पठाइएको प्रहरीले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK