बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु दुई हजार पाँच सयको मुद्दति खाता उपहार दिने भएको छ । नगरपालिकाले छोरीको सम्मान र उनीहरुको उज्जवल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दति खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताएका छन् ।
छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकरात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रवृतिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । उनले आगामी आर्थिक वर्षमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दति खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्षअनुसारको रकम जम्मा गर्न आग्रह गर्ने बताए ।
‘छोरीको उज्जवल आर्थिक भविष्यका लागि बचत अनिवार्य छ, बचतको महत्वसमेत अभिभावकलाई गराउने हाम्रो अभियान हो, अहिलेको रु दुई हजार पाँच सय ठूलो रकम बन्नेछ’, उपप्रमुख शर्माले भने, ‘यसबारे साउनमै कार्यविधि निर्माण गरेर कार्यान्वयमा जान्छ, एक वर्षभित्र नगरपालिकामा जन्मेका छोरीहरुको जन्मदर्ताका आधारमा रकम जम्मा गर्नका लागि बजेटसमेत विनियोजन गरेका छौँं ।’
बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्तासमेत अनिवार्य रहेको भन्दै मुद्दति खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेतना जगाउने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्