Skip to content
LAXMI SUNRISE BANK

कर वृद्धिको विरोधमा पसल बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी… (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं। कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र कर वृद्धिका विरुद्धमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरूकालिगढहरूलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागू गर’, लगायतका प्लेकार्डहरू बोकेका थिए ।

राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलो ग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार बढेर २० प्रतिशत पुगेर महँगो पर्न गएको व्यापारीहरूको गुनासो छ ।

उनीहरूले १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर भन्सार दर वृद्धि गर्नु उपभोक्ताको हित विपरीत भएकाले मारमा पारेको भन्दै सो व्यवस्था तत्काल फिर्ता गर्न माग गरेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK