Skip to content
LAXMI SUNRISE BANK

श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीको संख्या दुई हजार तिन सय ३६, सबैभन्दा धेरै चिनियाँ नागरिक !

अर्थ सरोकार

काठमाडौं । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये  चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ नागरिकको संख्या धेरै रहेको पाइएको हो। 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । विभागले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ ।

श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका ठूला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।

रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश गइरहेको अवस्थामा सरकारले उच्च दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ९९४ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK