×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल र नासा सेक्युरिटीजबीच सहकार्य, ग्राहकहरुले डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसेल र नासा सेक्युरिटीजबीच सहकार्य, ग्राहकहरुले डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट

Artha Sarokar

२३ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरूका लागि नयाँ अवसर ल्याएको छ । योसँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरूले अब कतै जानुपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन् ।

उक्त सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीका अनुसार, एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरूले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्नेछन् । पहिलो पटक डिम्याट खाता खोल्न रु १०० र मेरो सेयरमा दर्ता हुनका लागि रु ५० लाग्ने गरेको छ । यसरी कुल रु १५० को काम ५५ प्रतिशत छुटले गर्दा रु ६७.५० मा नै गर्न सकिन्छ ।

एनसेल एपको माध्यमबाट ग्राहकहरूले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरो सेयर नवीकरण गर्ने लगायत केही समस्या र जिज्ञासाहरू भए राख्न सक्नेछन् ।

‘हामी हाम्रा ग्राहकहरूलाई युज केसहरू अवसरको रुपमा प्रदान गरेर आर्थिक गतिविधिलाई बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पुर्याउन तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने । आम उपभोक्तालाई प्रविधिमा पहुँच सधैँ सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरू उत्साहित रहेको उनले बताए ।

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० बढि देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोली सेयरमा लगानी गर्न सक्नेछन् । यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरि सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्ने कम्पनीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी