×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको काममा सडक विभागको हस्तक्षेप, न्युरोडमा भत्काएको सडक ४५ मिनेटमै कालोपत्रे ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बालेनको काममा सडक विभागको हस्तक्षेप, न्युरोडमा भत्काएको सडक ४५ मिनेटमै कालोपत्रे ! (फोटो-कथा)

२१ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौँले कालोपत्रे गरेको छ । फुटपाथ फराकिलो बनाउने भन्दै महानगरले भत्काएको बाटो सोमबार सडक डिभिजन कार्यालयले कलोपत्रे गरेको हो ।

सोही क्रममा सडक डिभिजन कार्यालयको काम रोक्न महानगर प्रहरी न्युरोड क्षेत्रमा पुगेपछि सडक विभाग र महानगर प्रहरीबीच विवाद भएको थियो । 

सो विवाद मिलाउन नगर प्रहरी र सडक विभागका अधिकारीहरूबीच न्युरोडमा छलफलसमेत भएको थियो । छलफलपछि अन्नतः डिभिजन कार्यालय आफैँले उक्त सडक कालोपत्रे गरेको छ । 

काठमाडौँ महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेर सडक भत्काउने काम थालेको थियो । सोही विषयमा महानगर र सडक विभागबीच पत्र काट्ने तथा स्पष्टीकरणसम्मको तनावको स्थिति पैदा भएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी