×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हजार बढीबाट करोडौँ ठग्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हजार बढीबाट करोडौँ ठग्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ

Artha Sarokar

३१ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विदेश पठाउने भन्दै झुठो विज्ञापन गरेर करोडौँ ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । एक हजार भन्दा धेरै व्यक्तिबाट २ करोड ५० लाख बढी रकम ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुर्खेतका २७ वर्षीय रेशम रावल, २४ वषीय प्रेम बहादुर रावल, डडेल्धुराका २६ वर्षीय राजेश साउँद, अछामका २५ वर्षीय टंकराज खनाल, काभ्रेपलाञ्चोकका ३० वर्षीय सुरेन्द्र तामाङ र मोरङका ३५ वर्षीय सन्तविर घिमिरे रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुले सामाजिक सञ्जालमार्फत विदेश पठाउने भन्दै झुठो विज्ञापन गरेर पीडितबाट सक्कली कागजात लिने र पछि सक्कली कागज फिर्ता गर्न पैसा लाग्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रतिव्यक्ति डेढ लाख देखि २ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको छ । पक्राउ परेकाहरुले पीडितहरुलाई पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देश पठाइदिने भन्दै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी परिसर टेकु पठाइएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी