काठमाडौं। प्रहरी हुँ भन्दै डाँका चोरी तथा लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार उनीहरूले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा गई सीआईबी प्रहरी हुँ भन्दै घरधनी र सदस्यहरूलाई नियन्त्रणमा लिएर २ करोड नेपाली रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।
उक्त घटनामा संलग्न रहेका सुजन रसाइलीसहित ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ३० वर्षीय सिन्धुपाल्चोक बाह्रबिसे २ का सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी २ का ३१ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय ओखलढुंगा मानेभञ्ज्याङ ३ का मुनाराज राई र ३८ वर्षीय सिन्धुपाल्चोक भोटेकोशी २ कै कृष्णबहादुर बोहरा रहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्