×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्धन अभावले काठमाडौं उपत्यका अस्तव्यस्त (फोटो-कथा)

GLOBAL IME BANK

इन्धन अभावले काठमाडौं उपत्यका अस्तव्यस्त (फोटो-कथा)

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन् ।

आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो ।

नेपाल पेट्रोलियम ट्याकंर चालक संघले सरकारसमक्ष विभिन्न ७ बुँदे माग राख्दै देशभरका १८ सयभन्दा बढी चालक आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको सम्पूर्ण ट्याकंर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने माग रहेको छ ।

काठमाडौं उपत्यकामा रहेका प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले संचालन गरेको पम्प एवम साझा पेट्रोल पम्पमा इन्धन भर्नेको लाइनले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । निजी क्षेत्रबाट संचालित पम्पहरु भने दिनभर बन्द रहेका थिए । सोमबार अपरान्ह सरकार र ट्याक्कर मजदुरहरुबीच सहमति भइसकेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: