×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्तका कर्मचारीको माग- ‘हामीलाई हेपेर यसरी संस्था चल्दैन, डिमर्जरको बाटो खुला गरियोस्’

GLOBAL IME BANK

सबैको लघुवित्तका कर्मचारीको माग- ‘हामीलाई हेपेर यसरी संस्था चल्दैन, डिमर्जरको बाटो खुला गरियोस्’

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साधना लघुवित्त र सबैको लघुवित्त एक भई साधना लघुवित्तको नाममा मर्जरका लागि अन्तिम स्वीकृति आएपछि नामका विषयमा असन्तुष्टी जनाएका सबैको लघुवित्तका कर्मचारीहरुले दुई लघुवित्त डिमर्जरमा जानुपर्ने बताएका छन् । आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै जारी भएको प्रेस विज्ञप्तिमा उनीहरुले यस्तो माग राखेका हुन् ।
यता अर्थ सरोकारको सम्पर्कमा आएका सबैको लघुवित्तका कर्मचारीहरुले पनि अवको उत्तमबाटो ‘डिमर्जर’ नै भएको बताएका छन् । ‘कसैलाई काखा र कसैलाई पाखा गरेर यसरी काम गर्न सकिँदैन । साधना लघुवित्त त यसै पनि कमजोर संस्था हो भन्ने सूचना छ, यसले राम्रो भएको सबैको लघुवित्तलाई पनि भलो गर्दैन । त्यसैले अवको हाम्रो माग दुई संस्थाको डिमर्जर हो ।’
कर्मचारीले विभिन्न माग राख्दै आज पनि आन्दोलन जारी राखेका छन् । विहानैदेखि उनीहरुले हातमा कालोपट्टी बाँधेर बसेका छन् । आफ्नो माग पूरा नभए असार ४ गते पेन डाउन गर्ने र त्यति हुँदा पनि आफ्ना मागहरु पूरा नभए सबै शाखा बन्द गर्ने चेतावनी सबैको लघुवित्तका कर्मचारीहरुको छ ।
उनीहरुले संस्थाको नाम कि अन्तिम सम्झौतामा उल्लेख भएअनुसार सबैको साधना लघुवित्त हुनुपर्ने, अन्यथा अर्को नाम हुनुपर्ने माग अगाडी सारेका छन् । संस्था अव साधनाको मात्र हो जसरी सबैको लघुवित्तका कर्मचारीहरुलाई डिमोटिभेट गरेको आरोप उनीहरुको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: