Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ब्याग वितरण

अर्थ सरोकार

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विद्यार्थीहरूलाई ब्याग वितरण गरेको छ। बैंकले त्रियुगा नगरपालिका वडा नं. ७, चुहाडे स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरूलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरूलाई १०० थान स्कुल ब्याग ४, ५, ९ र १० का विद्यार्थीहरूलाई १०० थान कापी तथा कलम वितरण गरेको थियो ।

सो ब्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का, र जनज्योति माध्यमिक विद्यालय चुहाडेको तर्फबाट अध्यक्ष उद्धव काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो । 

ब्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमले विद्यार्थीहरूलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्त रहेको छ ।

बैंकले देशभर ११२ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK