काठमाडौं। धनगढी उपमहानगरपालिका वडा नं. १८ र अस्थाई ट्राफिक प्रहरी पोस्ट फूलबारीको संयुक्त आयोजनामा ‘ट्राफिक नियम मानौं, जानौँ र बचाऔँ’ भन्ने मूल नाराका साथ ट्राफिक जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको छ।
र्यालीमा ‘सडकमा सवारी पार्क गरी माल समान लोड अनलोड नगरौँ’, ‘सवारीको गति सीमित गरौँ’, ‘बसको छतमा यात्रा नगरौँ’ जस्ता प्लेकार्डको प्रदर्शन गरिएको थियो।
प्रहरी वरिष्ठ नायब निरीक्षक खेम राज पन्तका अनुसार कार्यक्रमको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण र ट्राफिक नियमबारे सचेतना जगाउने हो । त्यस्तै, धनगढीमा बढ्दै गएको सवारी दुर्घटना कम गर्न र स्थानीयलाई ट्राफिक नियमबारे सचेत बनाउन र्यालीको आयोजना गरिएको प्रहरी हवल्दार सिद्धिराज बिष्टले जनाए।
कार्यक्रममा फूलबारी एकेडेमी, न्यु भिजन बोर्डिङ स्कुल, शिव सखर आधारभुत विद्यालयका विद्यार्थीहरू, स्थानीय तथा जनप्रतिनिधिहरू गरी ५०० बढीको उपस्थिति रहेको थियो। बाँकि तस्विर हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्