काठमाडौँ । भण्डारी सेवा समाज (रघुवंशी कौशिक गोत्रीय) नेपालको प्रथम बागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ । समाजका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेस इन्चार्ज कुमार भण्डारीका अनुसार भण्डारी बन्धुहरू बीचको आपसी साझा हित सोच्दै पिता ,पूर्खा,कूल,परम्परा र संस्कृतीको संरक्षण गर्ने र आफ्नो कूलको प्रतिष्ठा र पहिचान उच्च पार्नको लागि सम्पन्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा भण्डारी बन्धुहरुले लिएका छन् ।
उनका अनुसार सम्मेलनले उनको संयोजकत्वमा तथा केन्द्रीय अध्यक्ष श्री बीरबहादुर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा समाजका केन्द्रीय प्रमुख संरक्षक जिबन कुमार भण्डारी संरक्षक केशरबहादुर भण्डारी (अर्जुन ) केन्द्रिय महासचिव राधाकृष्ण भण्डारी केन्द्रीय उप-महासचिव बद्रीकुमार भण्डारी,केन्द्रिय सचीव रोज कुमार भण्डारी, केन्द्रीय कोषाध्यक्ष रामहरि भण्डारी,निबर्तमान महासचिव माधब भण्डारी, बरिष्ठ केन्द्रिय सदस्य श्री थिरबहादुर भण्डारी , वरिष्ठ केन्द्रीय सदस्य कृष्ण भण्डारी,वरिष्ठ केन्द्रिय सदस्य रामकाजी भण्डारी,राम बहादुर भण्डारी निरेश, केन्द्रीय सदस्य भक्तबहादुर भण्डारी केन्द्रिय सदस्य अमृत भण्डारी,सहदेब भण्डारी, सरिता भण्डारी,मोहनकाजी भण्डारी,डम्बरबहादुर भण्डारी ओमजंग भण्डारी रबिन भण्डारी, बिश्वराज भण्डारी सल्लाहकार चित्र बहादुर भण्डारी लगायतकाको उपस्थिति थियो ।
सहदेब भण्डारीले सञ्चालन गरेको खुला सत्र र भक्त भण्डारीले गरेको बन्द सत्रसहित सम्पन्न भएको सो सम्मेलनले दिलिप कुमार भण्डारीकाे नेतृत्वमा ३५ सदस्यीय बागमती प्रदेश समिति चयन गर्नुका साथै शक्ति बहादुर भण्डारी सम्योजक सहित १५ जनाकाे सल्लाहकार समिति समेत गठन समेत गरेको छ ।
केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज कुमार भण्डारीले कुल घर र मूल घर जोड्ने लक्ष बोकेर हिंडेको आफुले यसअघि मधेश प्रदेशको सम्मेलनसमेत सम्पन्न गरेको बताएका छन् । उनले कुलको हितका लागि आफु सदैब अगाडी बढिरहनेसमेत बताएका छन्। साथै उनले अन्य प्रदेशको सम्मेलन पनि छिट्टै आयोजना हुने बताएका छन्। उनले कुलको हित र पितृको उद्दारको लागि र बङ्शावली मार्फत देसभरिको बन्धुलाइ जोडनेसमेत बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्