काठमाडौँ । भरतपुर महानगरले नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदीप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरेको छ । महानगरले नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदीप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहीबार भरतपुर २२ स्थित स्व सुदिपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो । भरतपुर महानगरपालिकाको हिजो बसेको कार्यपालिका बैठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो । सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गरेका छन् ।
महानगर प्रमुख दाहालले भरतपुर २९ मा भएको प्रकृति विपत्तिले दुई बसका साथै ६० बढीको ज्यान गएको घटनाले मर्माहत भएको जनाएका छन् । अहिलेसम्म १८ जनाको शव भेटिएपनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर लागेको प्रमुख दाहालले बताएका छन् ।
‘हामी अहिले दुःखको क्षणमा छौ, उनले भने, ‘सन्तान गुमाउनुको पीडा हामीले बुझेका छौँ । सिंगो महानगरपालिका यहाँको साथमा छ । शोकलाई शक्तिमा बदल्ने सर्माथ्य मिलोस् भन्ने कामना गर्दछौँ ।’
प्रमुख दाहालले दुःखमा रहेको परिवारलाई केही भएपनि राहत मिलोस् भनी कार्यपालिका बैठकमार्फत रु २ लाख दिने निर्णय गरेको स्पष्ट पारिन् । उनले सङ्घीय तथा प्रदेश सरकारले यस घटनामा ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान गर्नेमा आशावादी रहेको उल्लेख गरेकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्