काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)को विरोधमा उत्रिएका काठमाडौँ-२२ का अध्यक्ष चिनकाजी महर्जनले सडकबाटै वडा कार्यालयको सेवा सुरु गरेका छन् । न्युरोडमा भइरहेको फुटपाथ विस्तार रोक्न भन्दै धर्ना बसेका अध्यक्ष महर्जनसहितको टोलीले सडकबाटै वडा कार्यालयको सेवा सुरु गरेका हुन् ।
हाल अध्यक्ष महर्जनसँगै वडाका जनप्रतिनिधिको टोली सडकमै त्रिपाल टाँगेर काम गरिरहेका छन् ।
उनीहरुले फुटपाथ विस्तारको काम नरोकिएसम्म वडा कार्यालयको सेवा सडकबाटै संचालन गर्ने बताएका छन् । फुटपाथ विस्तारको काममा वडा अध्यक्ष महर्जनसहितको टोलीले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्