काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले लेखा प्रणालीको गुणस्तर सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रबन्ध गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले, राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्ने संस्थाको विचारमा सहमति जनाउँदै उनले, त्यसका लागि चाँडै पहल कदमी लिने समेत प्रतिवद्धता जनाए ।
‘लेखा प्रणालीको गुणस्तर सुनिश्चित गर्नका लागि राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ र त्यो प्रवन्धका साथ हामीले यो लेखा परीक्षणको कामलाई अगाडि बढाउँनु पर्छ भन्ने कोणबाट जुन विचार व्यक्त भइरहेको छ, म यो अभिव्यक्ति प्रति सकारात्मक दृष्टिकोण रहेको कुरा राख्न चाहन्छु ।’, अर्थमन्त्री पौडेलले भने, ‘केही वर्ष लाग्ला तर सार्थकताका साथ यहाँहरुको यो अपेक्षा र मागलाई सार्थक तुल्याउनका लागि म अर्थमन्त्रीको हैसियतमा पहल कदमी लिने छु ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले आउने दिनमा कर प्रणालीको विकास र लेखा परीक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै अझ प्रभावकारी र विश्वसनियता बनाउका निम्ति चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।
‘आउने दिनमा कर प्रणालीको विकास र लेखा परीक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै यो क्षेत्रलाई यो विधालाई अझ प्रभावकारी, अझ शसक्त, अझ विश्वसनियता बनाउका निम्ति नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’, अर्थमन्त्री पौडेलले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्