Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरी केबलकारमा फसेका ७५ जना यात्रुको उद्धार 

अर्थ सरोकार

काठमाडौं । चन्द्रागिरी केवलकारमा फसेका ७५ जना यात्रुको उद्धार गरिएको छ । बुधबार केबलकारमा प्राविधिक समस्या आएपछि यात्रुहरु दुई घण्टा थुनिएका थिए ।

थानकोट प्रहरी वृत्तका अनुसार केबलकारमा फसेका यात्रुले फोन गरेर उद्धार माग गरेपछि प्रहरी घटनास्थल पुगेका थिए ।

प्रहरीका अनुसार दिउँसो १ :२० मिनेटबाट बन्द भएको केबलकार ३ :२० मिनेटपछि मात्रै सञ्चालनमा आएको थियो । केबलकारको १० वटा डब्बामा ति यात्रु फसेका थिए ।

उद्धार गरिएका यात्रुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK