×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुरोटजन्य पदार्थको उत्पादन, आयात र प्रयोग रोक्न संसदीय समितिको निर्देशन 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चुरोटजन्य पदार्थको उत्पादन, आयात र प्रयोग रोक्न संसदीय समितिको निर्देशन 

Artha Sarokar

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन, आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा नशालु पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै नशालु पदार्थको उत्पादन, आयात तथा प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ ।

समितिले दिएको निर्देशनकाबारेमा थप अध्ययन तथा छलफलपछि टुङ्गोमा पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार समितिको निर्देशनबारे थप छलफल अघि बढाइएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी