×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चालनमा आयो १०६ वर्ष पुरानो ‘डेनिस दमकल’ (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

सञ्चालनमा आयो १०६ वर्ष पुरानो ‘डेनिस दमकल’ (फोटो-कथा)

६ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो  डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले यो दमकल थन्काएर राखेको अवस्था रहेकोमा अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । 

‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन, रोकी राखेको थियो ।’, उनले भने, ‘७३-७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौँ । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ ।’

उक्त दमकलमा प्रयोग भएका चक्काहरु कहिल्यै पन्चर नहुने र सिसाहरु पनि नफुट्ने खालको भएको नगरप्रमुख महर्जनले बताएका छन् । साथै उक्त दमकल छिटो आगो निभाउन सक्ने क्षमता भएको दमकल भएको पनि उनले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी