×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार डलर, युरो र कतारी रियालको मूल्य बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शुक्रबार डलर, युरो र कतारी रियालको मूल्य बढ्यो

Artha Sarokar

२८ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शून्य पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा पुगेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी