×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरु… (फोटो-कथा)

GLOBAL IME BANK

न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरु… (फोटो-कथा)

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडको फुटपाथमा पुनः काम सुरु गरेको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको लागि बाटो खुलाएसँगै महानगरले पुनः न्युरोडको फुटपाथ विस्तारको काम अघि बढाएको हो । 

यसअघि महानगरले न्युरोडको फुटपाथ बढाउने गरी सुरु गरेको काममा सडक विभागले हस्तक्षेप गरेर काम रोकेको थियो । यतिसम्मकी फुटपाथ विस्तारमा प्रयोग भएका सामान जफत गर्नुका साथै सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालयले महानगरले काटेको कालोपत्रे पनि रातारात टालेको थियो । 

कार्यालयले न्युरोडको उक्त सडक सडक विभाग अन्तर्गत पर्ने भन्दै महानगरलाई फुटपाथ विस्तारको काम रोक्न पत्र लेखेको थियो । 

तर, उच्च अदालत पाटनका न्यायाधीश ध्रुव्रचन्द्र नन्द र प्रकाश खरेलको संयुक्त इजलासले डिभिजन सडक कार्यालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरलाई फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खुलेको हो । त्यसलगत्तै महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारको काम अघि बढाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: