काठमाडौँ । ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख नाघेको छ । बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको हो ।
हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्य पहिलो नम्बरमा रहेको छ । यसैगरी ग्राहकमैत्री सेवाहरू, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ११ सय भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्