×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

Artha Sarokar

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले घटेर एक लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन दुई हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २६ हजार ४ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २५  हजार ८ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ६९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी