Skip to content
LAXMI SUNRISE BANK

आइतबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर एक लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २५ हजार ३ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २४  हजार ७ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ५२ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK