×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार २४ सय रुपैयाँले घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL

बिहीबार २४ सय रुपैयाँले घट्यो सुनको मूल्य

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४०० रुपैयाँले घटेर एक लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर प्रतितोला १७५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २४ हजार ३ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २३ हजार ७ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५००.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी